Shangri-la Reintegration Project (SRP)

शाँग्रिला पुर्नस्थापना परियोजना 

Shangri La Reintegration Project (SRP) is the pioneer project of Shangri-La Orphanage Home which is the pictogram of success ratio of its products. It has been launched since 2008 AD withfive youths of SOH who passed the School Leaving Certificate (SLC). SRP is the project to establish youths capable, independent, social, responsible, successful and valuable citizen of the Nation. The project provides livelihood supports including counselling & career orientations, educational support up to Bachelor Level along with Bridge program, facilitation program in the field of job finding/searching technique, Interview facing, CV/Cover Letter writing etc. to support their personal development as independent persons and responsible members of the society of Nepal.

SRP has been designed for the beneficiaries of SOH whoare SLC pass out youths with the main objectives to ensure a happy and respectful life of orphanage youths, to provide them basic facilities for overall development and to provide academic support up to bachelor level for Technical/vocational and general education.

साँग्रिला पुर्नस्थापना परियोजना खासगरी यस संस्थाको बालगृहमा बसी प्रवेशिका परीक्षा उतीर्ण गरिसकेपछि युवाहरुलाई उच्च शिक्षाको अवसर प्रदान गरी उनीहरुलाई एक दक्ष र जिम्मेवार नागरीक बनाई स्वंयम उनीहरुको सुनिश्चित भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्यले बि.सं. २०६५ सालबाट शुरु गरिएको हो । यस युवा पुर्नस्थापना कार्यक्रमको नीति भनेको निश्चित शैक्षिक योग्यता हासिल गर्नु मात्र नभएर सम्भव भए सम्म युवाहरुलाई उनीहरुको घरपरिवार तथा समाजमा समेत पुर्नस्थापित गराउनु हो । यस परियाजेनाको पहिलो ब्याच, देखि ८ औँ ब्याचसम्म गरी कूल ४५ जना युवाहरुले सेवा लिईसकेका छन् । हाल १२ जना युवाहरुले आफनो अध्ययनलाई अगाडी बढाईरहेका छन् भने ३३ जना यूवाहरु पढाईसकेर आ—आफनो घरमा पुर्नस्थापित भईसकेका छन् । यस परियोजनामा उक्त कूल ११ जना यूवाहरुमध्ये ७ जना केटी र ४ जना केटा रहेका छन् । ती मध्ये यस संस्थाले उपलब्ध गराएका फ्ल्याट तथा कोठामा ४ जना, र बाँकी ८ जना आ—आफनो परिवारसंग बसेर संस्थाको सहयोगमा उच्च शिक्षा हाँसिल गरिरहेका छन् । आफ्नो उच्च शिक्षा हासिल पश्चात् ३३ जना यूवाहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । जुन निम्नानुसार छन् ः

स्वास्थ्य क्षेत्र इन्जिनियरिङ प्रोजेक्ट म्यानेजमेन्ट ब्यूटी पार्लर मेकानिकल कृषि बैदेशिक रोजगार गृिहनी जम्मा
१४ ३३

जस मध्ये ३ जना युवाहरु (अभिशेक स्थापित, सन्डु तामाङ र शरण मिजार) यसै संस्थामा काम गरिरहेका छन् ।
आगामी वर्षको कार्य योजनाः

  • होममा रहेका बालबालिकाहरु तथा प्रवेश परिक्षा सकेर बसेका विद्यार्थीहरुका लागि अलग अलग रुपमा ऋबचभभच एबिललष्लन सम्बन्धी कार्यशाला गोष्ठी नियमित रुपमा सन्चालन गर्ने ।
  • युवाहरुलाई आफनो घरमा पुर्नस्थापना गराउन गृह भ्रमण गर्ने तथा विशेष कार्य योजना बनाई कार्यान्वयन गर्ने । ताकि सबै युवाहरुलाई क्रमस आ–आफनो घर परिवार तथा समाजमा पुर्नस्थापना गराउन सकियोस् ।
  • युवाहरुलाई ऋबचभभच एबिललष्लन कै समयमा प्रवेशिका परीक्षा अगावै आफुले अध्ययन गर्ने विषयहरु छनौटमा सहजिकरण गरी सहयोग गर्ने ।
  • नियमित क्रियाकलापहरुको प्रभावकारी कार्यान्वयनका लागि कार्य योजना बनाई लागू गर्ने तथा घरमा र फ्ल्याटमा पुर्नस्थापना भएका युवाहरुको अनुगमन प्रक्रियालाई थप व्यवस्थित साथै प्रभावकारी बनाउने ।