Shangrila Home Project (SHP)

Shangri-La Home project is working in the field of child development, Child protection child right since 1998. It provides basic needs of food, clothing, education, medicine, counseling, entertainment etc. to orphans and deprived children of Nepal.

Ensure happy and secure lives of needy, helpless and orphan children
Provide basic facilities of healthy nutrition, habitation, clothing and education together with medical facilities, counseling and recreational opportunities.

यस होममा SOH अन्तर्ग हाल २४ जना बालक र २३ जना बालिका गरी जम्मा ४७ जना बालबालिकाहरु छन् । यसैगरी ११ जना महिला र २ जना पुरुष गरी जम्मा १३ जना कर्मचारीहरु छन् । यस होममा रहेका बालबालिकाहरु मध्ये बाबु र आमा दुबै नभएका २८ जना, आमा मात्र भएका १३ जना, बाबु मात्र भएका ३ जना बाबु आमा दुवै पत्ता नलागेको २ जाना छन । यस होमम संरक्षित कुल बालबालिका मध्य ५ बर्ष सम्मका १, १० बर्षसम्मका ९ जाना र १० बर्ष भन्दा माथिको ३७ जाना बालबालिकाहरु रहेका छन् भने उनिहरुको शैक्षिक बिवरण यस प्रकार रहेका छन् ।

नर्सरी एलकेजी यूकजी कक्षा १ कक्षा २ कक्षा ३ कक्षा ४ कक्षा ५ कक्षा ६ कक्षा ७ कक्षा ८ कक्षा ९ कक्षा १०

यस संस्थाको आफ्नै दुई तले दुई वटा पक्की घर, एउटा दूई तले गेष्ट हाउस, दुई तले चारवटा बिद्यालय तथा प्राबिधिक तालिम भवन, करेसाबारी र आत्मनिर्भरका उपकरण तथा साधनहरु जस्तै सौर्य बत्ती तथा खाना पकाउने सौर्य चुलो, चार वटा मोटर साईकल १ स्कुटर, स्कुल बस२, १ प्रिफ्याब हल र १ बायोग्यास प्लान्ट प्रयोगमा छन् । संस्थाको चापागाउमा २८ रोपनी जग्गा (स्कूलले ओगटेको जमीन सहित) रहेको छ भने यसै संस्थामा तीन वटा गाई समेत पालिएका छन् ।

यस संस्थामा पूर्वी तराईको निजगढ, सर्लाही देखि पश्चिमको कर्णाली भेग तथा सुदुर पश्चिमको बझाङ बाजुरासम्मका १८ जिल्लाहरुबाट आएका अनाथ तथा असहाय बालबालिकाहरु रहेका छन् । यहाँ खाने, बस्ने, लुगा फाटो लगायत स्वास्थ्य उपचार, शिक्षा, खेलकूद, मनोरन्जन तथा परिवारमा पूनस्र्थापना समेत गर्ने व्यवस्था रहेका छन् । वि.सं. २०६४ साल बाट यस होमका बालबालिकाहरुले प्रवेशिका परीक्षा दिन शुरु गरेकोमा वि.सं. २०७४ सम्ममा ४५ जनालाई प्रवेशिका परीक्षा उतीर्ण गराउन सफल भएका छौ । जसमा केटाको संख्या १९ जना र केटीको संख्या २६ जना रहेका छन्।

आगामी वर्षको कार्य योजनाः

  • बालबालिकाहरुको शैक्षिक, बौद्धिक तथा शारीरिक विकास गर्ने खालका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्ने साथै बाल अधिकारको पुर्ण प्रत्याभूत गर्ने सम्बन्धमा पनि ध्यान दिईनेछ ।
  • हाल नियमित रुपमा सञ्चालित कार्यक्रमहरुलाई निरन्तरता दिंदै त्यसको प्रभावकारितामा बृद्धि गर्दै लैजाने ।
  • खर्चमा मितव्ययिता कायम गर्न ब्रिकेट चुल्हो, गोवर ग्याँस तथा सौर्य चुल्होको प्रयोगलाई बढावा दिनुका साथैै हाल उत्पादन भईरहेको तरकारी खेती तथा फलफूलको उत्पादन लाई अझ बढावा दिने ।