Shangrila Intl. School (SIS)

Shangri- La International School was established as sister organization of SOH in 2002 from grade nursery to V along with Scholarship program in the same year. SIS is known as academically sound school, having professional teachers and good learning atmosphere School run for overall development of students and like other normal private schools

  • 1st SLC was appeared in 2008
  • SVTC was added in 2005
  • Students from different family background read together
  • Sound environment for co curricular activities
  • Practical and project based teaching
  • Vocational skill learning opportunity
  • Low fees with high quality of teaching
  • School located in peaceful area
  • Rich in infra structure

ललितपुरको गोदावरी न.पा. १० साविक चापागाउँ—७ मा स्थापित यस साँग्रीला इण्टरनेशनल स्कूल सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको माध्यमबाट विद्यार्थीहरुलाई स्वावलम्बी बनाउने उद्देश्यले सन् २००२ मा एक निजी शैक्षिक गुठीको रुपमा स्थापित भएको हो । सुविधा सम्पन्न भौतिक पूर्वाधार भएको यस विद्यालयमा हाल नर्सरी देखि कक्षा १० सम्मका जम्मा ५३९ जना विद्यार्थीहरु अध्ययनरत छन् त्यस मध्ये छात्र २९० र छात्रा २४९ रहेका छन । वि.सं २०६४ साल बाट प्रवेश परिक्षामा सहभागिता जनाएको यस विद्यालयबाट हाल सम्म ३१४ जाना बिद्यार्थीले ९क्ीऋरक्भ्भ् उर्तिण गरिसकेका छन् । २०७३ मा १० औँ पटक सहभागिता भईसकेको छ र विद्यालयले यस वर्ष ३९ जाना बिद्यार्थीले परिक्षा दिएकोमा सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् कुल सहभागी मध्ये ५ जना ब्ं, ११ जाना ब्, १२ जाना द्यंंं र ११ जना द्य ग्रेडमा पास भएका छन् । स्थापनाकाल देखि नै गुणस्तरीय तथा व्यवसायिक शिक्षा दिने लक्ष्यसँगै यस विद्यालयले दक्ष, अनुभवी एवम् तालिम प्राप्त शिक्षक शिक्षिकाहरुद्धारा अध्यापन गराउदै आईरहेका छन् । यस बिद्यालयमा कूल ३४ जना कर्मचारी रहेका छन् । जुन निम्नानुसार छन् ः

शिक्षक शिक्षिका सहयोगी कर्मचारी जम्मा
१० १९ ३४

विद्यालयमा २९ जना शिक्षक शिक्षिका मध्ये ४ जना शिक्षण सहित ब्यबस्थापनको जिम्मेवारी लिएका कर्मचारी रहेका छन् जसमध्ये यसमा प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, संयोजक र लेखापाल रहेका छन् । समयको मागसँगै व्यवहारिक तथा प्रयोगात्मक शिक्षा दिने नीतिलाई अवलम्बन गर्दै आएको छ । असहाय, गरिब तथा टुहुरा बालबालिकाहरुलाई यस विद्यालयले एक्काईसौं शताब्दीले माग गरेको शिक्षा प्रदान गर्दै भावी दिनहरुमा विद्यार्थीहरु आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले कक्षा ७ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई सीपमूलक व्यवसायिक तालिम समेत प्रदान गर्दै आएको छ ।

आजका बालबालिकालाई भोलिको दक्ष नागरिक बनाउने दरिलो लक्ष्य बोकेको यस विद्यालय सधैं आफ्नो उद्देश्यमा राष्ट्रको माग अनुसारका दक्ष जनशक्ति उत्पादन गर्दै जाने कुरामा प्रतिबद्ध रहेको छ । साथै अनुशासित, कर्तव्यनिष्ठ र राष्ट्रप्रति उत्तरदायी जनशक्ति निर्माण गर्ने लक्ष्यमा साँग्रीला बिद्यालय परिवार सदैब अग्रसर र क्रियाशिल रहनेछ ।

आगामी वर्षको कार्य योजनाः

  • विद्यालयले आगामी दिनमा आत्म निर्भर हुनका लागि रणनीतिक योजना तयार गरी लागु गर्ने ।
  • विद्यार्थी भर्नादरमा बृद्धि गर्दै हालको सँख्यामा थप बृद्धि गर्ने ।
  • विद्यालयको अतिरिक्त क्रियाकलापमा गुणात्मक बृद्धिका साथै प्रभावकारितामा समेत ध्यान दिने ।
  • विद्यालयको भौतिक पूर्वाधारको उचित संरक्षण र उपयोग गर्ने ।
  • विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गर्दै लैजान ठोस कार्यनीति बनाई कार्यान्वयन गर्ने ।