Who We Are

सँस्थाको परिचय (Introduction)

यस साँग्रिला अर्फनेज होम बि.सं. २०५५ सालमा स्थापना भएको एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्था गोविन्दा एसोसिएसन, जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हँुदै आएको छ । बिशेषगरी अनाथ तथा असहाय बालबालिकाहरुलाई सहारा दिई उनीहरुको समग्र विकासमा योगदान दिने उद्देश्यले काठमाण्डौको तिलगंगा स्थित सानो घर भाडामा लिई ५ जना अनाथ तथा असहाय बालबालिकाहरुलाई लिएर शुरुवात गरी ललितपुरको बागडोल हुदै चापागाउको न्यौपाने गाउमा आफ्नो कार्यालय स्थापना गरी हाल विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । हाल यस संस्थाले १९ बर्षको अवधीमा अनाथ बालगृह ९इचउजबलबनभ ज्यmभ०, विद्यालय, छात्रबृत्ति, व्यवसायिक तालिम केन्द्र तथा युवा पुर्नस्थापना जस्ता बालबालिका केन्द्रित परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । जोखिम अवस्थामा रहेका अनाथ तथा असहाय बालबालिकाहरुलाई सहारा दिई उनीहरुको सर्वाङ्गिण विकासमा सक्दो योगदान गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

सँस्थाको ध्येय (Mission)

असहाय तथा अनाथ बालबालिकाहरुको जीवनस्तरमा सुधार ल्याउन औपचारिक शिक्षा एवं व्यवसायिक तालिम, स्वास्थ्य, लैंगिक समानता एवं बालकेन्द्रित कार्यक्रमहरु सञ्चालन गर्नु साँग्रीला अर्फनेज होमको मुख्य ध्येय हो ।

सँस्थाको लक्ष्य (Vision)

बालबालिकाको यथोचित रेखदेख र सामुदायिक विकासका कार्यक्रमहरु मार्फत स्थानीय स्तरको विकास निर्माणमा टेवा पु¥याउने शसक्त, स्वावलम्बी तथा स्वाभिमानी एवं जागरुक नागरिक तयार पार्नु साँग्रीला अर्फनेज होमको लक्ष्य हो ।